रूसी हमलामा जुम्ल्याहा दिदीबहिनीसहित १० युक्रेनी मारिए

पूर्वी युक्रेनको क्रामाटोर्स्कमा रूसले गरेको घातक क्षेप्यास्त्र प्रहारबाट १० जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार मृत्यु हुनेमा १४ वर्षीया जुम्ल्याहा दिदीबहिनी पनि छन्।

क्रामाटोर्स्क युक्रेनी नियन्त्रणमा छ तर देशको रूसी कब्जामा रहेको भागको नजिक छ।

अधिकारीहरूका अनुसार रूसले सो क्षेत्रमा मंगलबार साँझ करिब ७:३० क्षेप्यास्त्र प्रहार गरेको थियो। थप विवरण आउन बाँकी छ।

यसैबीच क्रामोटोर्स्कमा उद्धार प्रयास जारी रहँदा युक्रेनमा रूसबाट अर्को आक्रमण भएको बताइएको छ। खार्किभका क्षेत्रीय प्रमुखका अनुसार सो आक्रमणमा तीन सर्वसाधारणको मृत्यु भएको छ।

सन् २०२२ फेब्रुअरी २४ मा सुरू भएको रूस-युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *