साउदी अरबमा रहेको अमेरिकी वाणिज्य दूतावासमा गोलीबारी, नेपाली सुरक्षा गार्डको मृत्यु

साउदी अरबकाे व्यवसायिक सहर जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा दुई जनाको मृत्यु भएको छ । जेद्दा वाणिज्य दूतावास नजिकै भएको हमलामा बन्दुकधारी र एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको हो।

साउदी अरेबियाको बन्दरगाह सहर जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षा गार्ड र बन्दुकधारीसमेत दुई जनाको मृत्यु भएको हो ।

अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले बुधवार घटनाको पुष्टि गरेका छन् । उनीहरुले आक्रमणको अनुसन्धान जारी रहेको बताएका छन् ।

मक्का क्षेत्रका प्रहरीका प्रवक्ताले भने, कारमा सवार एक व्यक्ति जेद्दा गभर्नरेटमा रहेको अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै रोकियो र हातमा बन्दुक बोकेर त्यहाँबाट निस्किएर फायर खोले ।

सुरक्षा अधिकारीहरूले उनलाई रोक्न खोज्दा जवाफी कारबाहीम उनको मृत्यु भएको जनाएको छ ।

साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार वाणिज्य दूतावासको निजी सुरक्षामा खटिएका ती नेपाली सुरक्षा गार्डको मृत्यु भएको हो ।

गोलीबारीमा कुनै अमेरिकी नागरिक घाइते नभएको अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।

यसअघि पनि यहाँ गाेलीबारी र बम बिस्फाेटका घटना  भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर