फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५ औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७४ औँ स्थानमा रहेको थियो।

दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ। भारत १०० औँ स्थानमा छ। यस्तै माल्दिभ्स १५४औँ स्थानमा यथावत रहँदा भुटान एक स्थान सुधार गर्दै १८४ औँ स्थानमा उक्लेको छ। यसैगरी बङ्गलादेश १९२ औँ स्थानमा यथावत छ भने पाकिस्तान २०१ औँ स्थानमा झरेको छ। श्रीलङ्का २०७ औँ स्थानमा छ।

विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ। त्यस्तै ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *