परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन-पियरे ल्याक्रोइक्सले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको योगदानलगायत नेपाल-संयुक्त राष्ट्र साझेदारीबारे छलफल भएको छ।

उपमहासचिव ल्याक्रोइक्सले यसअघि प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री र सुरक्षा निकायका प्रमुखसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *