उपत्यकामा नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली नोटको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको गढी नगरपालिका-१ घर भई ललितपुरको इमाडोल बस्ने प्रशान्त भनिने ४२ वर्षीय पासाङ बाेम्जन छन्।

विशेष सूचनाका आधारमा खटिएको कमाठाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।

उनको साथबाट ५०० दरका १६० थान (८० हजार रूपैयाँ) नक्कली नाेट बरामद भएको र थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर