ट्विटरमा प्रयोगकर्ताले पढ्न सक्ने ट्वीटकाे संख्या घटाइयो

ट्विटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनका लागि प्रतिदिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले शनिबार घोषणा गरेका छन्।

पछिल्लो प्रावधानअनुसार ट्विटरले प्रमाणित एकाउन्ट भएका ट्विटर प्रयोगकर्तालाई एक दिनमा १० हजार ट्वीट पढ्न दिने र निः शुल्क रूपमा ट्विटरको प्रयोग गर्ने (अधिकांश प्रयोगकर्ता), जसलाई अप्रमाणित प्रयोगकर्ता भनिएको छ, ले प्रतिदिन एक हजार ट्वीटहरू मात्र पढ्न पाउनेछन्। त्यस्तै नयाँ तथा अपुष्ट प्रयोगकर्ताले ५०० मात्र ट्वीट पढ्न पाउनेछन्।

मस्कले शनिबार अपराह्न एक ट्विटमा भनेका छन्, ‘तथ्याङ्क प्रेषण (डाटा स्क्रैपिङ) को चरम स्तरलाई सम्बोधन गर्न यो निर्णय गरिएको हो।’

मस्कको घोषणापछि संयुक्त राज्य अमेरिकामा ‘गुडबाई ट्विटर’ ट्रेन्डिङको विषय बनेको थियो। ट्विटरका अर्बपति मालिक मस्कले यो नियम कहिलेसम्म लागू हुने भन्ने समयसीमा भने खुलाएका छैनन्।

मस्कले अघिल्लो दिन अकाउन्टबिना साइटमा ट्वीटहरू पढ्न सम्भव छैन भन्ने घोषणा गरेका थिए। अधिकांश ‘डाटा स्क्रैपिङ’ उनीहरूको एआई नमुनाहरू निर्माण गर्न प्रयोग गर्ने फर्महरूबाट आइरहेको र यसले साइटमा अवरोधको समस्याहरू निम्त्याइरहेको मस्कले बताएका छन्।

मानवजस्तै क्षमतामा प्रतिक्रिया दिन सक्ने एआई सिर्जना गर्न धेरै कम्पनीहरूले कार्यक्रमहरूलाई सामाजिक मिडिया साइटहरूबाट वास्तविक जीवनको कुराकानीको उदाहरणहरू तान्ने गर्छन्।

मस्कले भने, ‘सयौँ सङ्गठनहरू (सायद अधिक) ले ट्विटर तथ्याङ्कलाई अत्यन्त आक्रामक रूपमा प्रयोग गरिरहेका छन् र यसले वास्तविक प्रयोगकर्ता र उनीहरूको अनुभवलाई असर गरिरहेको छ।’

‘एआईको सञ्चालन सुरूवातमा रहेका वा केही ठूला कर्पोरेसनहरूसम्मले पनि विशाल मात्रामा डेटा स्क्रैप गरिरहेका छन्,’ उनले भने।

एआई क्षेत्रको तीव्र गतिसँग जुध्नुपर्ने ट्विटर एक्लो सामाजिक सञ्जाल भने होइन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *