नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरोका कारण अवरूद्ध नारायगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरूद्ध बनेको थियो। पहिरो पन्छाई सडक दुईतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालकसमेत घाइते भएका छन् घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।

यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि आइतबार साँझपख मात्रै खुलेको थियो। सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरूद्ध हुदैँ आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर