नारायणगढ-मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना

नारायणगढ-मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। पहिराका कारण सडकखण्ड पटक-पटक अवरूद्ध भएर यात्रुले सास्ती पाएपछि आजदेखि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो।

बर्सातको समयमा हुन सक्ने घटनालाई दृष्टिगत गर्दै इच्छाकामना गाउँपालिका-६ स्थित जलवीरेमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिकसहित ६ जना तैनाथ रहेनछन्।

पोष्ट स्थापनापछि लाइफलाइनका रूपमा रहेको यस सडकखण्डमा हुनसक्ने विपत्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सहज हुने प्रवक्ता पण्डितले विश्वास व्यक्त गरे। प्रहरी पोष्ट हाल जलवीरेको देवी मन्दिरमा रहनेछ। पहिरोका समयमा सडक पुनः सञ्चालन र यात्रुलाई आवश्यक सहयोगका लागि यही असार १३ गते बसेको जिल्ला सुरक्षा समितिले पोष्ट स्थापना गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर