भारतको उत्तर प्रदेशमा दुई चिनियाँ नागरिक पक्राउ, देश निकालाकाे तयारी

भारतको उत्तर प्रदेश प्रहरीले शुक्रबार ग्रेटर नोएडामा बस्ने दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उनीहरूको उमेर करिब तीस वर्ष रहेको बताइएको छ।

उनीहरूको पहिचान डेङ चोनकोन र मेङ शौगुओको रूपमा भएको छ। उनीहरू चिनियाँ मोबाइल फोन निर्माता कम्पनी ओप्पोमा काम गर्थे।

यूपी पुलिसका प्रवक्ताले भनेका छन्, ‘बिटा २ प्रहरी चौकीमा तैनाथ प्रहरीहरूले उपलब्ध जानकारीको आधारमा राहदानी र भिसा प्रमाणीकरण गरेका थिए। यस अनुसन्धानमा यी चिनियाँ नागरिकको भिसाको म्याद सकिएको खुलेको छ।’

ती चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई दिल्लीको आरके पुरमस्थित डिटेन्सन सेन्टरमा पठाइएको छ, जहाँ उनीहरूलाई देश निकालाका लागि थप कारबाही गरिनेछ।

एक स्थानीय प्रहरी कर्मचारीले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार चिनियाँ नागरिक ६ महिनाका लागि ई–व्यापार भिसामा भारत पुगेका थिए र ग्रेटर नोएडामा ओप्पोको प्लान्टमा काम गर्थे।

उनीहरूलाई दिइएको भिसाको म्याद २२ अप्रिलमा सकिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर