डोटीमा घर भत्किँदा एक जनाको मृत्यु

डोटीमा शुक्रबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ।

घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका-५, गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो।

प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर