मकवानपुरमा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, दुई जना घाइते

मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। आज बिहान पौने २ बजे मनहरी गाउँपालिका-६, नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

दुर्घटनामा तीन जनाको ज्यान गएको कार्कीले बताए। मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवनकाे राप्ति नगरपालिका-८ बस्ने २८ वर्षीय रिहान रूम्बा तामाङ, सहचालक गोरखाकाे गण्डकी गाउँपालिका-२, गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रक सहचालक मकवानपुरकाे मनहरी गाउँपालिका-३ बस्ने २० वर्षीय अमृत प्रजा रहेको कार्कीले बताए।

आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकमा सवार चितवनकाे राप्ति नगरपालिका-३ बस्ने ३५ वर्षीय विवेक तमाङ र ना ६ ख ६३१ नम्बरको ट्रक चालक मकवानपुरकाे मनहरि गाउँपालिका-३ बस्ने ३२ वर्षीय अर्जुनकुमार प्रजा रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर