रूसी आक्रमणमा ६ युक्रेनी मारिए

पूर्वी युक्रेनको लिमानमा रूसी आक्रमणमा परी शनिबार ६ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन्।

लिमानमा शनिबार बिहानैदेखि रूसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर ६ जनाले ज्यान गुमाएका तथा अन्य ५ जना गम्भीर घाइते भएका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमा उनले शहमा धेरै रकेट लञ्चरबाट प्रहार भएको तथा रूसी आक्रमणले लिमानका केही भागमा आपतकालीन परिस्थित सृजना गरेको लेखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *