भुटानी शरणार्थी प्रकरण

आरजुलाई पैसा दिएको भनिएको अडियो सन्देश शर्माको भएको पुष्टि

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ तथा सांसद आरजु राणालाई पैसा बुझाएको भनिएको अडियो अभियुक्त सन्देश शर्माको भएको पुष्टि भएको छ।

अडियो छानबिन गर्दा सो अडियो सन्देश शर्माको स्वरसँग मिलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सन्देश शर्मा अहिले सो प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन्।

वैशाख २ गते आफ्नो नाम जोडिएको अडियो सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।

अडियोमा आरजुलाई पनि पैसा दिइएको व्यहोरा थियो। आरजुले भने त्यसको खण्डन गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर