न्यायाधीश नियुक्तिकाे विषय छिट्टै टुंगाे लाग्छ : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्‍याउने बताए ।

उनले न्यायपरिषद्को संरचनामा केही परिवर्तनको आवश्यकता भएको भन्दै आफ्नो नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार कार्यान्वयन जरुरी रहेको बताए । उनले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू भएपछि सहज भएको बताए ।

‘जिल्ला तथा उच्च अदालतमा दुई जोड शून्य अभियान सञ्चालनबाट दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा छन्,’ उनले भने, ‘आगामी दिनमा मुद्दाको प्रकृतिअनुसार छ महिना, एक वर्ष र १८ महिनाको पात्रो बनाएर काम गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *