ललिता निवास प्रकरण : समरजंग कम्पनीका प्रमुखसहित थप दुई जना पक्राउ

बालुवाटारस्थित ललिता निवासकाे सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार उनीहरूलाई काठमाडाैंबाट पक्राउ गरिएकाे हाे।

यससँगै याे प्रकरणमा पक्राउ पर्नेकाे संख्या ११ पुगेकाे छ। यो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मीनबहादुर गुरूङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिररहेको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर