ललिता निवास प्रकरण : विमानस्थलबाट पक्राउ परे सञ्चारसचिव राउत

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सचिव राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरेको हो।

राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।

भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए। उनको त्यही भूमिकाबारे थप अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो।

राउत २०७८ पुस २१ मा सचिव भएका थिए।

राउत पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ। यसअघि आइतबार नै समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल पक्राउ परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर