भुटानी शरणार्थी प्रकरण

आरजुलाई चिन्दै नचिनेको र पैसा नबुझाएको बयान दिएका थिए सन्देश शर्माले

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ एवं सांसद आरजु राणालाई पैसा बुझाएको भनिएको अडियो हाल थुनामा रहेका अभियुक्त सन्देश शर्माको भएको पुष्टि गरेको छ।

राणाले अडियो छानबिनका लागि प्रहरीमा निवेदन दिएकी थिइन्। छानबिन गर्दा उक्त अडियो सन्देश शर्माको स्वरसँग मिलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

स्मरणीय के छ भने शर्मा स्वयंले पनि अदालतको बयानमा उक्त अडियो आफ्नै भएको स्विकारेका थिए। तर, उनले राणालाई चिन्दै नचिनेको र पैसा बुझाएको कुरा वास्तविक नभएको बयान दिएका थिए।

जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले आफूहरू फस्न सक्ने भन्दै फोन गरेर राणासहितको नाम लिई पैसा बुझाएको भन्न लगाएकाले मात्र आफूले त्यसो भनेको शर्माको बयान थियो।

शर्माले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा भनेका छन्, ‘निज जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरूले हामीलाई समस्यामा पारिसके, निजहरू आएको समयमा हामी तपाईंलाई फोन गर्छौं, सो समयमा तपार्इंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनुभयो भने हामी बच्छौं भनी पहिले नै निजहरूको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा निजहरूले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो। उक्त कुरा वास्तविक होइन। जाहेरवालाले भन्नु भनेअनुसार मात्र भनेको हुँ। मैले निजहरूलाई चिनेको छैन। चिन्दै नचिनेको व्यक्तिहरूलाई यति धेरै रकम नगदै बिनाकाम दिने कुरै भएन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर