संसद अवरोध खुलाउन प्रचण्ड, देउवा र ओली फेरि छलफलमा

संघीय संसदकाे अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरू फेरि छलफलमा जुटेका छन्। हिजाे भएकाे सहमति अन्तिम समयमा भाँडिएपछि फेरि छलफल गर्नुपरेकाे हाे। प्रतिनिधिसभाकाे बैठकअघि शीर्ष नेताहरूबीच अवराेध खुलाउने विषयमा छलफल भइरहेकाे हाे।

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेकाे हाे।

प्रधानमन्त्री दाहाले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन्। त्यसअघि अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन्।

प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद भवन पुगेपछि बिथोलिएको थियो।

प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न नसकेको बताइएको छ।

आज त्यसलाई पनि सम्बोधन गरेर प्रधानमन्त्रीले स्पष्टीकरण दिने तयारी गरिरहेको उनको सचिवालयले जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *