संसदको अवरोध हटाउन एमाले तयार, प्रधानमन्त्रीले सम्बाेधन गर्ने

संघीय संसदमा अवरोध नगर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) तयार भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख तीन दलबीचको सिंहदरबारमा बसेको बैठकलगत्तै बानेश्वरमा एमाले संसदीय दलको बैठक बसेको थियो।

सो बैठकमा दलका नेता केपी शर्मा ओलीले तीन दलको बैठकको समझदारी ब्रिफिङ गरेका थिए।

त्यहाँ उनले प्रधानमन्त्री प्रचण्डले १८ गतेको अभिव्यक्ति र २१ गतेको सचिवालयलले निकालेको प्रेस विज्ञप्ति पनि फिर्ता लिने बिफ्रिङ गरेको सांसद ठाकुर गैरेले जानकारी दिए। यससँगै एमाले संसदको गतिरोध हटाउन सकारात्मक भएको हो।

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताएका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा मिटरब्याजपीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेश गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर