प्रितम सिंहबारेको अभिव्यक्तिमा प्रचण्ड- प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो नबोल्नु पर्थ्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तक विमोचनका क्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्ति भावनात्मक भएको बताएका छन्।

बोल्न कुनै जरूरी नभए पनि भावनामा आफूले सो कुरा बोल्न पुगेको उनको भनाइ छ।

प्रतिनिधिसभामा प्रस्टीकरण दिँदै उनले प्रधानमन्त्रीको हैसियतमा आफूले सो कुरा बोल्न नुहने भए पनि प्रितम सिंहसँगको व्यक्तिगत सदासयता प्रकट गर्न खोज्दा बोल्न पुगेको बताए।

उनले प्रितम सिंह कुनै राजनीतिक शक्तिकेन्द्र नभएकाले आफूलाई प्रधानमन्त्री बनाउनमा उनको कुनै भूमिका हुनै नसक्ने बताए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर