टीभीएस ३१० मार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान

आफूभित्रको रेसिङ डीएनए प्रस्तुत गर्दै र रेस ट्र्याकहरूमा आफ्नो प्रभुत्व जमाउँदैै विश्वव्यापी रूपमा दुई र तीनपाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टीभीएस अपाचे आरआर ३१० मोटरसाइकलमार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ । २४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौतीको भागका रूपमा कम्पनीले एनए ट्र्याक्स (एशियाकै सबैभन्दा लामो हाइस्पिड ट्रयाक एफएमएससीआईद्वारा प्रमाणित) इन्दौरमा ३,६५७.९२ केएमएसको यो कीर्तिमान कायम गरेको हो ।

टीभीएस रेसिङद्वारा अदृितीय ट्र्याक वेपनकारपमा निर्माण गरिएको टीभीएस अपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ । १७३ किलोमिटर प्रतिघण्टाको अधिकतम गति र १५२ किमि प्रतिघण्टाको औसत गतिका साथ टीभीएस अपाचे आरआर ३१० ले रेस ट्र्याकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनीयता तथा सुदृढ गरेको हो ।

कम्पनीको ‘ट्र्याक टु रोड’ दर्शनको प्रवर्द्धन गर्दै टीभीएस अपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको महत्त्वपूर्ण कोसेढुङ्गा प्राप्त गर्न सफल भएको छ । यसले विश्वव्यापी ग्राहकहरूको विश्वास र वफादारी कमाउँदै सबैभन्दा तीव्र गतिमा वृद्धि हात पार्न सफल प्रिमियम मोटरसाइकलका रूपमा कम्पनीको प्रतिष्ठालाई नयाँ उचाइ प्रदान गरेको छ ।

‘यो सफलता नवीनता र कार्यसम्पादनप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रमाण हो । टीभीएस अपाचे आरआर ३१० द्वारा ट्र्याकमा प्रस्तुत असाधारण कार्यसम्पादनले यसको अत्याधुनिक प्रविधि र अटल विश्वसनीयताको प्रमाण दिन्छ । यो हामी सबका लागि गर्वको क्षण हो,’ प्राप्त उल्लेखनीय माइलस्टोनका बारेमा बोल्दै प्रिमियम टीभीएस मोटर कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले भने, ‘यो कीर्तिमानी उपलब्धिले टीभीएस अपाचेलाई मोटरसाइकलको संसारमा एक सच्चा च्याम्पियनको रूपमा स्थापित गरिदिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर