६ यात्रु बाेकेर सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सोलुखुम्बुबाट काठमाडौंका लागि आज बिहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए-एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो ।

हेलिकाेप्टरमा पाँच जना विदेशी सवार थिए। पाइलट नेपाली हुन्।

‘मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *