बेपत्ता मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाको आशंका, खोजीका लागि प्रहरी परिचालन

सवार पाँच यात्रु मेक्सिकन

सम्पर्कविहीन मनाङ एयरको हेलिकोप्टर खोज्न प्रहरी परिचालन भएको छ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एनए-एमभी कलसाइनकाे हेलिकाेप्टर लामजुराडाँडामा दुर्घटना भएको सूचना स्थानीयले दिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको हो।

लिखुपिके गाउँपालिकामा पर्ने लामजुराडाँडामा हेलिकोप्टर खोजीका लागि प्रहरी परिचालन भइसकेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।

उनका अनुसार कुहिरो लागेकोले हेलिकोप्टरबाट खोजी गर्न समस्या भएपछि प्रहरी परिचालन गरिएको हो।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

हेलिकोप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो।

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट टेकबहादुर गुरूङ हुन् भने अन्य यात्रु मेक्सिकोका नागरिक रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर