दुर्घटनाग्रस्त भेटियो मनाङ एयरको हेलिकोप्टर

५ जना मृत फेला, एककाे अवस्था अज्ञात

पाइलटसहित ६ जना सवार सोलुखुम्बुबाट काठमाडौं आउँदै गर्दा बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त फेला परेको छ।

सुर्केबाट काठमाडौंका लागि बिहान १०:०५ मा उडेको ९एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त भेटिएको हो।

घटनास्थल पुगेका प्रहरीले दिएको जानकारीअनुसार अहिले पाँच जनाको शव भेटिएको छ र उनीहरूको पहिचान हुन बाँकी छ।

हेलिकोप्टर पाइलट चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा पाइलटबाहेक ५ जना मेक्सिकन नागरिक सवार थिए।

सवार मेक्सिकन नागरिकमा ३ महिला र २ पुरूष रहेका छन्।

यात्रु लिस्टअनुसार हेलिकोप्टरमा मेक्सिकनमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन्।

दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौंबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो। यस्तै सेना पनि खटिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर