रूखमा ठोक्किएर दुर्घटना भएको थियो मनाङ एयर, ६ जनाकै शव भेटियो (यात्रु सूचीसहित)

दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा सवार सबै ६ जनाकै शव भेटिएको छ। दुर्घटनामा पाइलट र पाँच यात्रुको मृत्यु भएको हो।

आज बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एन-एएमभी कलसाइनको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो।

हेलिकोप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए भने पाँच जना यात्रु मेक्सिकन नागरिक हुन्।

सवार मेक्सिकन नागरिकमा ३ महिला र २ पुरूष रहेका छन्।

यात्रु लिस्टअनुसार हेलिकोप्टरमा सवार मेक्सिकनमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन्।

दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौंबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो। यस्तै सेना पनि खटिएका थिए।

घटनास्थलमा रहेका प्रहरीले दिएको जानकारीअनुसार शवहरू जलेको तथा एउटा शव टुक्रा-टुक्रा अवस्थामा भेटिएको छ।

हेलिकोप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको अनुमान गरिएको छ।

बिहान १०:५ बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकोप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *