बारामा गाँजा बाेकेकाे ट्रक पल्टाएर टाप कसे चालक, १०५ किलो बरामद 

प्रहरीले बारामा ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, अमलेखगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले ट्रकमा लोड रहेको १०५ किलोग्राम गाँजा बरामद गरेको हो।
मंगलबार बिहान ७ बजे न १ क ३२०५ नम्बरको ट्रकमा गाँजा लुकाइछिपाइ ल्याइरहेको सूचना प्रहरीले पाएको थियो।
प्रहरीले खोजतलास गर्दै जाने क्रममा बिहान ७:२० बजे जितपुरसिमरा उपमहानरपालिका-२२ स्थित पूर्व-पश्चिम लोक राजमार्ग सडकखण्डको चुरियामाई मन्दिर नजिक सडकको पूर्वी किनारको नालामा सो ट्रक पल्टिएको अवस्थामा भेटिएको थियो।
प्रहरीका अनुसार ट्रकमा चालक तथा सहचालक थिएनन् भने चेकजाँच गर्दा सामान लोड गर्ने पछाडिको भागमा फल्स डब्बाभित्र प्लास्टिकको ५ वटा बोरामा १०५ किलोग्राम गाँजा फेला परेको हो।
बरामद गाँजासहित ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, सिमरामा राखी अनुसन्धान तथा ट्रक चालकलगायत घटनामा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर