
मिटरब्याजपीडित समस्या समाधान आयोगको म्याद तीन महिना थप

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अनुचित लेनदेन (मिटरब्याज) पीडित समस्या समाधान आयोगको अवधि तीन महिना थप गरेको छ। सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि अर्को तीन महिना म्याद थपिएको हो।
गत चैत महिनाको २० गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगमा पूर्वएआईजी उत्तमराज सुवेदी र पूर्वसहमहान्यायधिवक्ता गणेशबाबु अर्याल सदस्य छन्।
प्रतिक्रिया