एक लाख घुससहित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पक्राउ

सडक डिभिजन कार्यालय, लहान सिरहाका लेखा अधिकृत पदमविनोद पोखरेल एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

घुस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *