ललिता निवास प्रकरण

भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठसहित मंगलबार थप चार जना पक्राउ

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मंगलबार थप चार जना पक्राउ परेका छन्।

पछिल्लो पटक भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रबहादुर श्रेष्ठ र भौतिक मन्त्रालयका इन्जिनियर बालकृष्ण श्रेष्ठ पक्राउ परेका हुन्।

विजयकुमार गच्छदार भौतिकमन्त्री हुँदा इन्जिनियर श्रेष्ठ उक्त मन्त्रालयमा कार्यरत थिए। बालकृष्ण श्रेष्ठलाई बबरमहल र रूद्रबहादुर श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

उनीहरूअघि मंगलबार नै तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र काठमाडौंबाट पक्राउ परेका थिए।

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *