प्रधानमन्त्री पत्नी तथा माओवादी केन्द्रकी नेतृ सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा नेकपा माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको निधन भएको छ । उनको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।

नेतृ सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको पार्टी सचिवालयले जनाएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आजै बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट पीडित नेतृ सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

उनको पार्थिव शरीर श्रदान्जलीका लागि अहिले ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने पार्टीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *