अमेरिकाबाट उडेको एयर इन्डियाको जहाजमा दुर्व्यवहार गर्ने नेपालीविरूद्ध दिल्लीमा मुद्दा दर्ता

एयर इन्डियाका चालक दलका सदस्यलाई दुर्व्यवहार गरेको र विमानमा रहेको शौचालयको ढोका फोडेको आरोपमा एक नेपाली नागरिकविरुद्ध भारतको दिल्लीमा मुद्दा दर्ता भएको छ । केबिन सुपरभाइजर आदित्य कुमारको उजुरीको आधारमा दिल्ली प्रहरीले उनी बिरुद्ध मुद्दा दर्ता गरेको हो।

उजुरीमा भनिए अनुसार, टोरन्टोबाट उडेको एयर इन्डियाको उडानमा सवार एक यात्रुले आफ्नो सिट परिवर्तन गरे र त्यसपछि इकोनोमी क्लासमा चालक दलका सदस्यहरूलाई गाली गरेका थिए।

पाइलट इन कमान्डले मौखिक चेतावनी दिएपछि मात्र यात्रु नेपालका महेशसिंह पण्डित रोकिएका थिए । यद्यपि, धुवाँ अलर्ट बन्द भएपछि सिंह शौचालय भित्र सिगरेट र लाइटरसहित समातिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

‘जब मैले यात्रुको अगाडि ढोका खोलें, उसले मलाई पछाडि धकेल्यो र आफ्नो सिटमा दौडियो। मैले रोक्न खोज्दा उसले मलाई धकेल्यो र गाली पनि गर्यो । पछि उसले शौचालयको ढोका फोड्यो। त्यसपछि मैले तुरुन्तै कप्तानलाई जानकारी गराए र कप्तानको निर्देशन अनुसार केबिन क्रु पुनित शर्मा र अन्य चार यात्रुको सहयोगमा हामीले उनलाई एसओपीबमोजिम रोक्ने प्रयास गरेका थियौं,’ उजुरीकर्ता आदित्यले प्रहरीलाई भनेका छन् ।

सिंहलाई रोक्नका लागि चालक दलका सदस्यसहित दश जना यात्रुहरूलाई हम्मेहम्मे परेको थियो । सिंहले रोक्न आउनेहरुलाई समेत कुटन खोजेको उजुरीमा उल्लेख रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सिंह बिरुद्ध भारतीय दण्ड संहिता र एयरक्राफ्ट नियमहरू अन्तर्गत दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *