प्रधानमन्त्री पत्नी सीतालाई श्रद्धाञ्जली दिन नेताहरू नर्भिक अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू दाहाललाई श्रद्धाञ्जली दिनका लागि अस्पताल पुगेका हुन्। दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू श्रद्धाञ्जली दिनका लागि अस्पताल पुगेका हुन्। अन्य पार्टीका नेताहरू पनि अस्पताल पुग्ने क्रम जारी छ।

दाहालको आज बिहान ८:३३ बजे उपचारका क्रममा निधन भएको थियो। ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर