माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र) की सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरू आउने क्रम सुरू भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। माओवादी केन्द्रका अध्यक्ष दाहालकी पत्नी एवं माओवादी केन्द्रकी सल्लाहकार सीताको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो।

सीता दाहालले मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्‍याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्‍याउनुभएको थिइन्। पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध सुरूवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रूपमा सहभागी भएकी थिइन्।

पार्टी सल्लाहकार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएकाे छ। उनकाे दिउँसाे २ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *