भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नेपाली समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा नेपाली भाषामै ट्वीट गर्दै मोदीले सीताको निधनले आफू मर्माहत भएको बताएका छन्।

साथै उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गर्दै दिवंगत सीताको आत्माको चीरशान्तिको कामना गरेका छन्।

नेकपा (माओवादी केन्द्र) की सल्लाहकारसमेत रहेकी सीताको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको आजै अन्त्येष्टी गरिनेछ।

सीता लामो समयदेखि वशांणुगत पार्किन्सनजस्तो रोगबाट पीडित थिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *