वीरगञ्जमा १५ किलो चरेससहित दुई जना पक्राउ

सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार मेनगेट इलाकाबाट अन्दाजी १५ किलोग्राम चरेस र एउटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।

पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी पक्राउ परेका हुन्।

उनीहरूलाई बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्यांकीमा चरेस लुकाइछिपाइ नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद चरेस र मोटरसाइलकसहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी, इनर्वामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर