राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि, प्रचण्ड र दुई छाेरीले दिए दागबत्ती

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो। उनकाे पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो।

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा दागबत्ती दिएका छन्। प्रधानमन्त्रीको साथमा उनका छोरीहरू रेणु र गङ्गा दाहालले सीताको पार्थिव शरीरमा दागबत्ती दिएका हुन्।

आज बिहान निधन भएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो। पशुपति आर्यघाटमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरूको उपस्थिति थियो।

त्यस्तै आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *