साम्राज्ञीविरूद्ध भुवनले दर्ता गरेको मुद्दामा दाबी नपुग्ने फैसला

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध हाल चलचित्र विकास बोर्डका अध्यक्ष रहेका अभिनेता भुवन केसीले दर्ता गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएको छ।

भुवनले २०७७ साउन ९ गते साम्राज्ञीविरूद्ध दर्ता गरेको गाली-बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला सुनाएको हो।

तीन वर्षअघि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जाल र सञ्जारमाध्यममा आरोप-प्रत्यारोप चलेको थियो। साम्राज्ञीले भुवनले आफूलाई शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोश पोखेका थिए।

बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो। त्यही विवादमा भुवनले साम्राज्ञीले आफूलाई जथाभावी आरोप लगाएर गाली-बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गरेर मुद्दा दर्ता गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर