राजदूत नियुक्ति प्रक्रिया चाँडै टुंगो लाग्छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्ति प्रक्रिया चाँडै टुंगो लाग्ने बताएका छन।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको बताउँदै नियुक्ति छिट्टै टुंगो लाग्ने बताएका हुन्।

उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको र ५० प्रतिशत परराष्ट्र मन्त्रालयभित्रबाट र ५० प्रतिशत मन्त्रालयबाहिरबाट गरिने बताए।

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको पनि बताए।

विदेशमा रहेका नेपालीहरूको हक-हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरूको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको बताए।

मन्त्री साउदले नियोगहरूलाई साधन-स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *