प्रधानमन्त्रीका औपचारिक कार्यक्रम असार ३० गतेसम्मलाई स्थगित

पत्नीशोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे सबै औपचारिक कार्यक्रम असार ३० गतेसम्मलाई स्थगित गरिएकाे छ।

प्रधानमन्त्री दाहाल असार ३० गतेसम्म कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री पत्नी सीता दाहालकाे नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएकाे थियाे।

आचार्यका अनुसार समवेदना प्रकट गर्न आउनेहरूले यस अवधिमा बिहान ८ देखि ११ र दिउँसो ४ देखि साँझ ६ बजेसम्म प्रधानमन्त्रीलाई भेट्न सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *