सिद्धार्थ बैंकको नयाँ शाखा मूलपानीमा

सिद्धार्थ बैंक लिमिटेडले बिहीबारदेखि काठमाडाैंको मूलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले मूलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो।

उक्त शाखा विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९६ (५ एक्स्टेन्सन काउन्टरसहित) पुगेको छ।

निक्षेप तथा कर्जा साथै सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ) एटीएम, पीओएस मेसिनको सुविधा प्रदान गर्दै आएको बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजी बैंक पोर्टल https://easybank.siddharthabank.com/ मार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा तथा ४५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

‘सम्बन्ध सधैंभरिलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य गर्दै आएको छ। साथै ग्राहकहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम आफू प्रतिबद्ध रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर