अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै छन्।

उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्ने छन् र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने दूतावासले जनाएको छ।

यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने जनाइएको छ।

साथै उनले नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने छन्।

उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।

प्रतिक्रिया

One thought on “अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

Leave a Reply to Bikram rana Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर