सडकबाट खसेको बस रूखमा अड्किँदा जोगियो ४० जनाको ज्यान

१९ जना घाइते

नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। सडकखण्डको भरतपुर महानगरपालिका-२९, दासढुङ्गामा बागमती प्रदेश ०१-००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बस आज बिहान ५:२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रूखमा अड्किएको छ। बसमा ४० यात्रु सवार थिए।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर