क्यानडा बाहेक ४ देश र २ युएन नियाेगका लागि राजदूत सिफारिस

सरकारले रिक्त रहेका सातमध्ये ६ देशका लागि राजदूत सिफारीस गरेको छ । यस्तै संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि स्थायी प्रतिनिधि समेत सिफारीस भएको छ ।

सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सिफारीस गरेको हो । यद्यपी, विविध कारणले निर्णयमा मुख्यसचिव डा वैकुण्ठ अर्यालले शुक्रबार हस्ताक्षर गरेका छन् ।

राजदूत सिफारीस ६ जना करियर डिप्लोम्याट रहेका छन् । उनीहरु सबै परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।

सरकारी स्रोतका अनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापाको नाम सिफारिस भएको छ । हाल उत्तरपूर्वी एसिया महाशाखा प्रमुख रहेका थापा यसअघि बेल्जियमका लागि नेपाली राजदूत थिए ।

राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी सिफारिसमा परेका छन् । दिल्लीस्थित नेपाली दूतावासको उपनियोगका रूपमा काम गरेर फर्केका सुवेदी हाल परराष्ट्रमा दक्षिण एसिया महाशाखा प्रमुख छन् ।

हाल प्रमुख शिष्टाचार महापाल रहेका सहसचिव सुधीर भट्टराई फ्रान्सका लागि राजदूतमा सिफारिस भएका छन् । सहसचिव धनबहादुर ओली थाइल्यान्ड, तेजबहादुर क्षेत्री युएई र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् । सरकारले क्यानडाका लागि राजदूतमा भने सिफारिस गरेन । कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुंगाना स्वदेश फर्किसकेका छन् ।

हालै न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, युएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *