बागलुङमा मृत भेटिए एक पुरूष

बागलुङमा एक पुरूषको शव फेला परेको छ। गलकोट नगरपालिका-५, भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका-५, सानो हिलेका ४० वर्षीय झलिराम पुनमगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका-३, हटियामा डेरा गरी बस्दै आएका थिए।

पुनमगर मदिरा सेवन गरेर भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको गलकोट नगरपालिका-५ का वडाअध्यक्ष पवन हमालले बताए।

प्रहरी र स्थानीयको रोहवरमा शव परीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *