परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जाँदै

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाने भएका छन्। थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्रमन्त्रीहरूको रिट्रिटमा भाग लिन उनी आज त्यसतर्फ जाने भएका हुन्।

परराष्ट्रमन्त्री साउद नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १:३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ। उनी सोमबार बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको रिट्रिटमा सहभागी भइ मंगलबार स्वदेश फर्कर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर