दक्षिण कोरियामा भीषण वर्षा र बाढी : ३३ जनाको मृत्यु

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन्। सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो।

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन्। गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो।

उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन्। बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ। मध्य सहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरूङमा फसेका सवारी साधनबाट गत राति सातवटा शव निकालिएको थियो।

अविरल वर्षाबाट प्रभावित १३ सहरका सात हजार आठ सय ६६ जना विस्थापित भएका छन्। सडक भत्किएका छन् भने सवारी साधन बगेका छन्। जताततै बाढीले विनाश निम्त्याएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *