मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने तयारी

विगतमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद अवरोध गरेका कारण निष्क्रिय हुन पुगेको मिटरब्याजपीडितका समस्या सम्बोधन गर्न ल्याइएको विधेयक आज पास गर्ने तयारी गरिएको छ।

प्रतिनिधिसभाको बैठकअघि संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको हो।

कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

दफावार छलफलपछि विधेयकमाथि परेका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि कानूनमन्त्री गुरूङले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

कानूनमन्त्री गुरूङले ५ असारमा राष्ट्रियसभामा यो विधेयक दर्ता गरेका थिए। राष्ट्रियसभाले १५ असारमा दफावार छलफल गरी सोही दिन पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर