अष्ट्रेलिया जान लागेकी महिला सुन र हीरासहित विमानस्थलबाट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया जान लागेकी एक महिला सुन र हीरासहित पक्राउ परेकी छन्।
प्रहरीले शनिबार दिउँसो ५५ वर्षीया अभया विश्वकर्मालाई सुन र हीरासहित पक्राउ गरेको हो।
विमानस्थलमा चेकिङ गर्दा ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको सी प्लस  हीरा  भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनी काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन्। भन्सार छली गरी लुकाइछिपाइ झोलामा हालेर सुन र हीरा लैजान लागेको अवस्थामा उनी पक्राउ परेकी हुन्।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर