ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

यो प्रकरणमा सञ्चारसचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित १७ जना हिरासतमा छन्।

उनीहरूलाई थप ५ दिन अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति प्रहरीको केन्द्रीय अनुसुन्धान ब्यूरो (सीआईबी) ले प्राप्त गरेको हो।

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेसी चढिरहँदा उनीहरूलाई भने थप थुनामा राख्ने अनुमति दिएको हो। यो चौथो पटक म्याद थप भएको हो।

यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

यो प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराउन कागजता कीर्तेका साथै संगठित अपराधमा समेत सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *