भारतबाट आयाे इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको घट्दा डिजेलको बढ्यो

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूचीमा डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ।

निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यसूचीअनुसार डिजेलको मूल्य लिटरमा २ रूपैयाँ ४७ पैसाले बढेर आएको छ। पेट्रोलको मूल्य भने लिटरमा ३४ पैसाले घटेर आएको निगमले जनाएको छ।

नेपाल आयल निगमले ढुवानी खर्चसमेतलाई जोडेर पेट्रोलियम पदार्थको मूल्य देशभर ३ किसिमले निर्धारण गरेको छ। पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रूपैयाँ छ। यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४७.५० रुपैयाँ छ।

दोस्रो वर्गअन्तर्ग सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रूपैयाँ तथा मट्टितेल र डिजेलको मूल्य १४९ रूपैयाँ प्रतिलिटर छ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १७० रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १५० रूपैयाँ प्रतिलिटर छ।

नयाँ मूल्यसूचीअनुसार पनि निगम नाफामै हुनेछ। हाल कायम रहेको इन्धनको मूल्यमा फेरबदल नआए आईओसीले पठाएको नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर करिब ४ रूपैयाँ ६१ पैसा नाफा हुनेछ। यस्तै डिजेलमा करिब ६ रूपैयाँ ७३ पैसा नाफा रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर